कञ्चनपुर कैलालीमा बिहानै देखि भारी वर्षा

समाचार

कञ्चनपुर- शनिवार बिहानैदेखि कञ्चनपुर र कैलालीका धेरै ठाउँमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कैलालीको टीकापुर, चिसापानी तथा कञ्चनपुरका विभिन्न ठाउँमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने भएकाले यहाँका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

कैलालीको मोहना, खुटिया र कञ्चनपुरको स्याली र चौधर लगायत साना नदीमा सतर्कता आसपासकोा बाढी आउन सक्ने सम्भावन रहेकाले दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *