कञ्चनपुरमा १४ लाख बढिको अवैध सामान बरामद

समाचार

कञ्चनपुर- कञ्चनपुरमा १४ लाख बढिको अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ स्थित बजार क्षेत्रबाट भन्सार छली गरी ल्याउदै गरेका अवस्थामा १४ लाख नौँ हजार नौँ सय ५० रुपैँयाको सामान बरामद गरिएको हो।

भन्सार छलेर म १ च ३२९ र म १ च ३२३ नम्बरका दुईवटा सवारी साधनमा कपडा, बिजुलीका सामान ल्याईरहेको बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको प्रहरी नायव उपरिक्षक अमर वहादुर थापाले बताए।

उक्त समान, सवारी साधन र चालकहरुलाई आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *