कञ्चनपुर –कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थामा फेला परेको छ । “सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ”, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “जीर्ण अवस्थमा रहेको सीमा स्तम्भको मर्मतसम्भार कार्य नहुँदा ढलेको छ ।
सशस्त्र प्रहरी बेलौरीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक गंगा पन्तका अनुसार हामिले नियमित गस्तीका क्रममा २३ गते स्तम्भ पानीका कारणले ढलेको अवस्थामा फेला परेको र आवश्यक मर्मत सम्भारका लागि माथिल्लो निकाललाई रिपोर्ट गरेको बताए ।
बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ ढलेको अवस्थमा फेला परेकोबारे जानकारी गराइएको उनले बताए । सीमास्तम्भ मर्मतको कार्य हुँदै गर्दा कारोना भाइरसका कारण बन्दाबन्दी भएपछि रोकिएको थियो । सीमास्तम्भ मर्मत कार्यका लागि जोर भारतले विजोर नेपालले मर्मत गर्दै आएका थिए ।

