रमेश प्रसाद भट्ट/कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा आफ्नै छिमेकीले घाँटीमा बन्चरो प्रहार गरी एक जनाको हत्या गरेका छन् । शनिबार राति करिब १० बजे तिर अन्दाजी ४७/ ४८ वर्षीय गोपाल कुँवरलाई छिमेकी करीब ४० वर्षीय गोरख बहादुर खड्का (गोरे)ले घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ । हत्यारा खड्का हत्या गरी फरार भएका छन् ।
ति दुई वीच केहि दिन देखि आपसमा झगडा समेत भएको र विगत केहि दिन देखि बोलचाल समेत नभएको प्रहरी अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका ईन्चार्ज प्रहरी निरीक्षक वकिल बहादुर सिहले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो।
हत्या पछि खड्का फरार भएपछि उनको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिनु भयो । घटना बारे थप अनुसन्धान भइरहेको ईप्रका त्रिभुवनवस्ती प्रहरीले जनाएको छ ।

