रमेश प्रसाद भट्ट /कञ्चनपुर– बेलौरी नगरपालिका वडा नम्बर १० शिव नगर घर भएका एक जनाको उपचारका क्रममा भारतको केरालामा मृत्यु भएपछि दाहा संस्कारमा समस्या भएको छ । रोजगारीको शिलशिलामा भारत भएका बेलौरी नगरपालिका- १० घर भएका वीर बहादुर खडका (विक्रम) को उपचारका क्रममा मृत्यु भएपछि शव दाहा संस्कारमा समस्या भएको हो । पेट दुख्ने र सुन्नीने समस्या भएपछि उनी भारतको केराला स्थित कोषिकोड चेष्ट हस्पिटलमा असार १२ गते भर्ना भई उपचार गराउदै आएका खड्काका ब्लड क्यान्सर र लिभरको समस्या भएको देखिएको थियो ।
त्यस पछि उपचारकै क्रममा १६ गते हस्पिटलले मृत्यु भएको घोषणा गरेको थियो । हाल उनको शव हस्पिटलमै राखिएको र शव दाहा संस्कारका लागि समस्या भएको त्यहा स्थित एक नेपाली गणेश चन्दले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो । शव दाहा संस्कारको उचित वातावरण मिलाई दिन उहाँका परिवारले नेपाल सरकार संग आवश्यक पहल गरी दिनु आग्रह समेत गर्नु भएको छ ।
उहाँको नाममा फरक पर्न गएकाले थप समस्या भएको आफन्तको भनाइ रहेको छ । नागरिकतामा वीर बहादुर खडका भएता पनी विक्रम खडका भएपछि आवश्यक कागजात जुटाउन समस्या भएको भारतबाट आवश्यक पहलमा जुटनु भएका गणेश चन्दले बताए । उहाँका अनुसार स्थानीय सरकारले यसमा समन्वयकारी सहयोग गरि दिनु पर्ने बताए ।
एक तिर मृत्युको खबरले शोकमा डुबेका परिवारमा दाहा संस्कारका लागि कागजी प्रक्रिया जुटाउनमा समस्या भएपछि परिवारजन थप समस्या परेका छन् । यस विषयमा स्थानिय सरकारको ध्याआकर्षण गराई सहयोग गरि दिन उहाकाँ परिवारले आग्ह समेत गरेका छन् ।

