बेलडाँडी बसपार्क काण्ड: युवाहरू द्वारा लिखित रूपमा निर्णय सच्याउन गा.पा.लाई ज्ञापन

Uncategorized समाचार

रमेश प्रसाद भट्ट/बेलडाँडी- कञ्चनपुरकाे बेलडाँडी गाउपालिकामा रहेकाे बसपार्क काण्डकाे लिखित रूपमा निर्णय सच्याउन युवाहरूद्वारा गाउपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । बेलडाँडी -२ मा लाखाै रकम खर्च गरि निर्माण गरीएकाे बसपार्कलाई दाेहन गरि खेल मैदान बनाउने कार्यपालिकाकाे निर्णयलाई लिखित रूपमा सच्याउन युवाहरूले गाउपालिकालाई ज्ञापन पत्र बुझाएका हुुन ।

आईतबार बेलडाँडी गाउपालिका कार्यालयमै पुगेर युवाहरूले अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई बस पार्कलाई खेलमैदान बनाउने निर्णय सच्याउनेे भनि भएकाे माैखिक सहमतीलाई कार्यपालिकाबाटै लिखित रूपमा २१ गते सम्म सच्याउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएकाे स्थानिय युवा एवं शिक्षक सचिन कठायतले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

ज्ञापन पत्र बुझ्दै गाउपालिका अध्यक्ष थापा क्षेत्रीले अब उक्त बसपार्कलाई खेलमैदान बनाउने या बसपार्कनै रहन दिने भन्नेबारे शुक्रबार सम्म कार्यपालिकाकाे बैठक बाेलाएर छलफल गरीने र जनताले जे चाहान्छन त्यहि हुन्छ उनले भने । यदि सबैले बस पार्कनै हुनुपर्छ भन्छन भने त्यहि हुने र निर्णय सच्याईने समेत बताए ।

ज्ञापन पत्रमा दिएकाे समय सिमा भित्र गाउपालिकाले बसपार्कनै रहने गरि निर्णय नसच्याए कडा रूपमा अान्दाेलन गर्ने स्थानिय युवा कुलैराज उपाध्यायले  बताएका छन् ।

खेलमैदान बनाउने भनि बसपार्कमा भएकाे ग्राईभल समेत कठ्ठा गरि उक्त ग्राईभल बेचिएकाे समेत खुलेकाे छ । कहाँ कति र कसले उक्त ग्राईभल बेच्याे साे बारे समेत स्थानिय युवाहरूले खाेजविन भईरहेकाे बताएका छन् । साथै यस्ताे गलत कार्यकाे सबैले प्रतिराेध गर्नुु पर्ने देखिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *