कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो

समाचार

काठमाडौँ — कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको पुष्टि गरेको हो । शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा अन्दाजी २५ देखि ३० वर्षीया महिला रहेकी छिन् ।

 

ती महिलाको बेवारिसे शव दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार ११ गते भेटिएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ पाइएको थियो । मन्त्रालयका अनुसार उनको ठेगाना खुलेको छैन ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । हालसम्म कोरोना संक्रमणले यो गरी सिन्धुपाल्चोकका १, बाँकेका २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखाका १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १ र पर्साका १ गरी २७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *