‘अमेरिकामा कोरोना सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएको भन्दा १० गुणा बढी हुनसक्छ’

अन्तर्राष्ट्रिय

काठमाण्डौ – अमेरिकाको सेन्टर फर् डिजिज कन्ट्रोल (सीडीसी) ले दुई  करोडभन्दा धेरै अमेरिकीमा कोरोना भाइरसको सङ्क्रमण भइसकेको हुनसक्ने अनुमान गरेको छ ।सीडीसीका निर्देशक डाक्टर रोबर्ट रेडफिल्डले‌ बिहीबार सञ्चारमाध्यमसँग भने, ‘एक जनामा कोरोना सङ्क्रमण भएको रिपोर्ट हुँदा थप १० जनामा सङ्क्रमण भएको हुनसक्ने अनुमान गरेका छौँ ।’

साथै सीडीसीले अमेरिकामा कोरोना महामारीबाट कैयौँ युवा प्रभावित भएको जनाएको छ । यस्तो हुँदा सङ्क्रमित व्यक्तिको मृत्यु हुने सङ्ख्यामा कमी आउने सीडीसीले भनेको छ ।

सीडीसीका सङ्क्रामक रोग विशेषज्ञ डा. जोय बटलरका‌ अनुसार युवाहरु कोरोना महामारीको चपेटामा पर्नुको कारण उनीहरु महामारीप्रति अन्य उमेर समूहका व्यक्ति जस्तै सजग नहुनु हो ।

सीडीसीले युवामा कोरोना महामारीबारे जागरुकता बढाउन टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गर्ने विषयमा सोचिरहेको जनाएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा २५ लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् भने अहिलेसम्म एक लाखभन्दा धेरैको ज्यान गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *