कृष्णपुर नगरपालिकाका ८५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार

कञ्चनपुर-कञ्चनपुरको कृष्णपुर नगरपालिकामा थप  ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार जिल्लाको कृष्णपुर नगरपालिकाका ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ८५ जनामा संक्रमण पुष्टि भएको हो । विस्तृत विवरण आउन बाँकी छ । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या २ सय ३ पु्गेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *