अछाम – अछाममा बिहीबार एकैदिन ४२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । बिहीबार ११ जना महिला र ३१ जना पुरुष गरी ४२ जनामा कोरोना सङ्क्रमण देखिएको अछाम अस्पतालका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।
यसअघि बिहीबार बिहान मेल्लेख गाउँपालिकाका २३ र साँफेबगर नगरपालिकाका ६ जनामा काेराेना पुष्टि भएकाे थियाे । साँझको रिपोर्ट अनुसार १३ जना थप भएका हुन् । उनीहरु कुन पालिकाका हुन भन्ने खबर प्राप्त भइसकेकाे छैन ।
अछामका सूचनाका अधिकारी देव जोशीका अनुसार जेठ २८ गते स्वाब सङ्कलन गरी धनगढी पठाइएको भए पनि उनीहरु सबैको परीक्षण काठमाण्डौको टेकुमा गरिएको हाे ।

