काँग्रेस कञ्चनपुरद्वारा पिसिआर परिक्षणको माग राख्दै स्थानीय सरकारलाई ज्ञापन

समाचार

बेलौरी,- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस कञ्चनपुरले पिसिआर परिक्षणको माग राख्दै स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।  नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ द्वारा बुधवार लालझाडी गाउँपालिका प्रमुख मदनसेन बडायक र पुनर्वास नगरपालिका प्रमुख जिवनराज थापालाई र विहिबार बेलौरी नरपालिकाका मेयर पोतिलाल चौधरी र बेलडाडी गाउपालिकाका अध्यक्ष धन बहादुर थापाक्षेत्रीलाई उक्त ज्ञापन पत्र बुझाएको हो ।

काँग्रेसले काेराेना भाइरस (कोभिड १९) को महामारी बाट बच्न बचाउन क्वारेन्टाइनमा रहेका  पिडितहरुको आरडिटि परिक्षण नभइ पिसिआर जाँच गरेरमात्र घर पठाउन, पुनःराहत बितरण गर्न, क्वारेन्टाइनकाे अवस्था स्तरिय बनाउन र हाल सम्म कोरोना प्रकोपमा भएको खर्च बिवरण सार्बजनिक गर्न माग राख्देै ज्ञापनपत्र बुझाएका हुन् ।

हाल क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरडिटि परिक्षण रिपोर्ट प्रभावकारी नभएको जिकिर गर्दै तत्काल सबैको पिसिआर परिक्षण गर्नुपर्ने पुर्व माननीय सांसद एवम् संविधानसभा सदस्य दिवान सिंह बिष्टले बताए । पिसिआर परिक्षण गर्न स्थानीय सरकारले हेलचक्र्याई गर्न नहुने उनको भनाइ छ । यस्तै लकडाउनको समय  थप लम्बिदै गएकाले गरिब तथा विपन्न परिवारलाई तत्काल पुनःराहत वितरण गर्नुपर्ने समेत बताए ।

जिल्ला सह सचिव, महासमिति सदस्य एवं स्कुल अफ डेमोक्रेसीका जिल्ला अध्यक्ष पुष्कल चौधरीले अहिलेको समयमा सरकारले जनताको भवना अनुरुप जान नसकेको प्रति दुख व्यक्त गदै विकासी कामहरुमा समेत पार्दशिता हुनुको साटो अनियमिततामा लागेको बताए । उहाँका अनुसार हरेक जागरुक नेपालीले गलतका विरुद्ध आ आफ्नो ठाउँबाट आवाज उठाउनु पर्ने बताउनु भयो ।

त्यस्तै, नेपाली काँग्रेसका युवा नेता एवम् महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह बिष्टले स्थानीय सरकारले लकडाउनको समयमा कोरोना रोकथाम तथा व्यवस्थापनका लागि गरेको खर्च विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने दाबी गरे । भने पिसिआर परिक्षण नगरि क्वारेन्टाइनमा रहेका व्यक्तिलाई स्थानीय सरकारले त्यत्तिकै घर पठाएको खण्डमा काँग्रेस संघर्षमा उत्रिने चेतावनी दिए ।

उनलेे क्वारेन्टाइन व्यवस्थापन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हुनुपर्ने सुझाव समेत दिएका छन्  ।   अर्कोतर्फ , नेपाली काँग्रेस जिल्ला सदस्य जनक सिंह धामीले बेलडाँडी गाउँपालिकाको चर्तीकला देखेर उदेक लागेको बताए । उनले बेलडाँडीमा भ्रष्टाचार मौलाएको जिकिर गर्दै टेण्डर प्रकरण देखि क्वारेन्टाइन व्यवस्थापनका नाममा मिलिजुली सरकार भइरहेको ठोकुवा गरे । बेलडाँडीमा भ्रष्टाचार र अनियमितताको व्यापक गन्ध आइरहदा प्रमुख प्रतिपक्ष दल चुपलागेर बस्न नहुने धामीको कथन छ ।

लालझाडी गाउँपालिकाले चरम लापर्वाही गरेको दाबी गर्दै कोरोना व्यवस्थापन कोषका नाममा लाखौं रकम अनियमितता गरेको नेपाली काँग्रेस क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायको ठहर छ । उनले स्थानीय सरकार प्रमुखलाई आरडिटी परिक्षण तत्काल बन्द गर्नुपर्ने सुझाव समेत दिए । ज्ञापन पत्र बुझाउदा काग्रेसका नेता तथा कार्यकताको सहभागितामा ज्ञापन पत्र बुझाएको  सभापति उपाध्यायले बताए । ज्ञापन पत्र बुझ्दै निर्वाचन क्षेत्र नम्बर १ का चारवटै पालिकाका प्रमुखले आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *