कञ्चनपुर– कञ्चनपुुरकाे बेलडाँडी गाउपालिकाका दुई वटा क्वारेन्टीनमा बेलडाँडीमा रहेकाे अल स्टार युवा क्लावले खाध्यान्न सहयाेग गरेकाे छ । मंगलबार युवा क्लवले बेलडाँडी गाउपालिका वडा नम्बर -१ मा रहेका कालिका प्रा.वि. र सरस्वती मा.वि. काे क्वारेन्टीनमा खाध्यान्न सहयाेग गरेकाे हाे ।
क्लवद्वारा दुईवटै क्वारेन्टीनमा सामान रूपमा ५० किलाे चामल, ५ किलाे दाल, ५०० ग्राम मिक्स मसला, २०० ग्राम खुुुुुुर्सानी,२०० ग्राम हल्दी, नुन २ किलाे, सुरक्षाकर्मि र खाना बनाउनेहरुका लागि २ अाेटा सेनिटाईजर ५ पिस साबुन सहयाेेग गरिएकाेे क्लबका अध्यक्ष चेेत बहादुर शाहले कञ्चनपुर खबरलाई जानकारी दिनुु भयाे ।
यश पछि सिद्वनाथ अाधारभुत विध्यालयलाई पनि यसरीनै सहयाेग गर्ने याेजना रहेकाे क्लवले जनाएकाे छ ।

