नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्‍यो

समाचार

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ५१ जना संक्रमित थपिएका छन् ।

 

थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । यस्तै,पछिल्लो २४ घन्टा ६७ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ हजार ४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *