कञ्चनपुर- भीमदत्त नगरपालिकामा आगामि आर्थिक वर्ष २०७७/०७८ को वार्षिक निति तथा कार्यक्रमका लागी सरोकारवाला संग परामर्श तथा छलफल बैठक सुरु भएको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र बिष्टको अध्यक्षताम बैठक सुरु भएको हो
। बैठकमा नगर उप प्रमुख सुशिला सिंह, प्रमुख प्रशासकिय अधिकृत पुस्कर प्रसाद भट्ट, पूर्व नगर उप प्रमुख इश्वरी खरेल, नेकपाका नगर अध्यक्ष रमेश तिरुवा, नेपाली काग्रेसका नगर सभापती पदमराज अवस्थी, महाकाली अस्पतालका अध्यक्ष कृष्ण्दत्त जोशी लगायत बिभिन्न क्षेत्रका प्रतिधिनिधि सहभागी भएका छ्न ।
बैठकमा नगरपालिकाका इन्जिनियर हिमालय ऐर स्थानिय तह निर्वाचन पछि गरिएका कामको बिबरण प्रस्तुत गरे । यसैगरी नगर प्रमुखको सचिवालयका नायब सुब्बा दिनेश भट्टले बैठ्कमा प्रस्तुत गर्ने बिषय प्रस्तुत गरेका छ्न । नगर प्र्मुख बिष्टले आगामी बर्षका लागी उत्पादन, शिक्षा, रोजगारि, स्वास्थ्यलाई प्राथमिकता दिएर निति तथा कार्यक्रम र बजेट ल्याइने बताए । बैठकमा सहभागिहरुले आ आफ्ना सुझाव राखे पछि कार्यक्रम समापन गरिनेछ ।

