कञ्चनपुर- सुदूरपश्चिममा २ वर्षीय बालिका सहित थप ९ जना कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ४, अछामका ३ र कैलालीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकराी दिलिप कुमार श्रेष्ठले बताए ।
डोटीका २१ वर्षीय महिला, २८, ३७ र ३० वर्षीय पुरुष, अछामका २३, ३१, र २७ वर्षीय पुरुष तथा कैलालीका २ वर्षी बालिका, ४६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यो संगै सुदूरपश्चिममा २६१ जना पुगेको छ । ती मध्ये ३० जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
दुई जना संक्रमितको मृत्यु भएको छ ।

