सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि

समाचार

कञ्चनपुर- सुदूरपश्चिममा शनिबार थप ६४ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

गत दुई दिनमा गरिएका कूल २७६ परीषणमध्ये ६४ जनामा संक्रमण देखिएको हो । शुक्रबार प्रयोगशालामा विद्युत आपूर्ति गडबड हुँदा परीक्षण हुन पाएको थिएन ।

उनका अनुसार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा अहिलेसम्मको सबैभन्दा बढी कञ्चनपुरमा २१ जनामा कोरोना पुष्टि भएकोछ । डडेल्धुरामा २४, कैलालीका ११ जना, डोटीका ३ र बझाङमा ५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या २ सय ५५ पुगेको छ । जसमध्ये २४ जना निको भएर घर फर्किसकेका छन् ।

अहिलेसम्म कञ्चनपुरमा ५५, कैलालीका ७८ जना, अछामका १६, डडेल्धुरामा ३९, दार्चुलामा १२, डोटीका १३, बझाङमा १४, बैतडीमा ६ र बाजुरामा १८ जनामा कोरोना पुष्टि भएको छ ।  प्रदेशमा कोरेना पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ, भने २४ जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *