कर्णालीमा थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार

सुर्खेत – कर्णाली प्रदेशमा शनिबार एकैदिन ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । शनिबार कोरोना सङ्क्रमण पुष्टि हुनेमा सुर्खेत र दैलेखका छन् । प्रदेश अस्पताल  र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४०  र दैलेखका ३० जनामा कोरोना सङ्क्रमण देखिको सामाजिक विकास मन्त्रालय अर्न्तगत जनस्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

यस्तै शनिबार नौ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । उनीहरु सबै दैलेखका हुन् । प्रदेशमा कोरोनाबाट निको हुनेको सङ्ख्या ९१ पुगेको छ । अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ सय १६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *