एकैदिन ४४८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्यो

समाचार

काठमाण्डौ – आज थप चार  सय ४८ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ ।  हिजो चार हजार ६ सय १४ सङ्क्रमित रहेकोमा आज थपिएकासहित पाँच हजार ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङक्रमण पुष्टि भएकामा आज थपिएकासहित चार हजार सात सय नौ जना पुरुष र तीन सय ५३ जना महिला रहेका छन् ।

विराटनगर अस्पतामा गरिएको परीक्षणमा नौ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा आठ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोशी  अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा आठ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा आठ जना, प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ४१ जनाको पोजेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *