कञ्चनपुर- सुदूरपश्चिममा बिहीबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएकोृ परीक्षणमा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यो सँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।
उनका अनुसार धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा सबैभन्दा बढी बाजुरामा १८ जनामा कोरोना पुष्टि भएको छ । कैलालीका ७, बझाङमा २ जना गरी बिहीबार सुदूपश्चिममा २७ जनामा कोरोना पुष्टि भएको छ । कञ्चनपुरमा भने नयाँ संक्रमित भेटिएनन् ।
२४ घण्टामा २ सय १२ जनामा परीक्षण गरिएकोमा २७ जनालाई कोरोना पुष्टि भएको हो ।

