काठमाडौँ — नेपालमा २५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
संक्रमण देखिनेमा २३० पुरुष र २० जना महिला छन् । योसँगै संक्रमितको संख्या ४ हजार ६१२ पुगेको छ ।

