थप २ सय ७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३ सय ६५ पुग्यो

समाचार

काठमाडौँ – मुलुकमा कोरोना भाइरस (कोभिड १९) बाट थप २ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ३ सय ५० जना संक्रमित भएको प्रवक्ता डा जागेश्‍वर गौतमले जानकारी दिएका हुन् ।

जसमध्ये २ सय ५७ पुरुष र महिला २२ जना छन् । प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा थपिएको संख्यासहित नेपालमा संक्रमितको संख्या ४३ सय ६५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *