कञ्चनपुर – कञ्चनपुरकाे भीमदत्त नगरपालिकाले कोरोना परीक्षण गर्ने पिसिआर मेसिन खरिद गर्ने भएको छ । कोरोना परिक्षणलाई अझ फराकिलो बनाउनका साथै संक्रमण को पहिचान गरी नियन्त्रण गर्न नगरपालिकाले पिसिआर मेसिन खरिद गर्ने भएको हो ।
मंगलबार कोरोना भाईरस समितिको बैठकमा भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले कोरोना भाईरसको संक्रमणको समस्यालाई मध्य नजर गरेर नगरपालिकाले पिसिआर मेसिन खरिद गर्न आवश्यक प्रकृया अघि बढाएको जानारी दिनु भएको छ । उहाँले भने ‘संघीय र प्रदेश सरकार संग बेला बेलामा महाकाली अस्पतालमा पिसिआर मेसिन खरिदका लागि आग्रह गर्दा समेत नभएपछि भीमदत्त नगरपालिका आफैले मेसिन खरिद गर्न लागेको बताए ।’
नगर प्रमुख विष्टले भने ‘मसिन खरिदका लागि कार्यालय संग आवश्यक प्रकृया अघि बढाउन निर्देशन दिईसकेका छौँ, ‘खरिद नियमावलीमै रहेर ईबिडिङ्ग मार्फत खरिद गछौँ ।’ कम्तिमा दिनमा ९० नमुना परीक्षण गर्ने मेसिन खरिद गरिने समेत मेयर विष्टले बताए ।
यसरी कञ्चनपुरमै पिसिआर मसिन खरिद गर्ने समय सान्दर्भिक निर्णय नगरपालिकाले गरे संर्गै सबैतिर यस्तो कार्यको प्रशंसा समेत गर्न थालेका छन् । भने नगरवासि लगायत खुशि समेत भएका छन् ।

