कञ्चनपुर- सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ सय ५५ पुगेको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा कञ्चनपुरका एक जना सहित सुदुरपश्चिम प्रदेश भरीमा १० जनामा कोरोना पुष्टि भएको हो।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालका अनुसार मंगलवार संक्रमित हुनेमा कञ्चनपुरको शुक्लाफाँटा गरपालीकाका २५ वर्षिया पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालीकाका २२ वर्षिया पुरुष, दार्चुलाको लेकम गाउँपालीकाका २६ वर्षिया पुरुष र कैलालीको धनगढी उपमहानगरपालीकाका २८,२ वर्षिया महिला, टिकापुर नगरपालीकाका ४०,२३,२४,३६ वर्षिया पुरुष,मोहन्याल गाउँपालीकाकका १७ वर्षिया पुरुष रहेको छन् ।
अहिले उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

