कञ्चनपुर – कञ्चनपुरमा आज एकैदिन १९ जना कोरोना संक्रमित थपिएका छन्। धनगढी स्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कञ्चनपुरका १९ जनामा कोरोना पुष्टि भएको हो। उनीहरु मध्ये सबैभन्दा पुर्नवास नगरपालिकाका १३ जना रहेका छन्।
स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ सम्पर्क व्यक्ति सिद्धराज भट्टले आज पुर्नवास नगरपालिका वडा नम्बर ९ का ११ जना, वडा नम्बर ६ र २ का एक-एक जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयाे।
यस्तै भीमदत्त नगरपालिका वडा नम्बर ६ का दुईजना, वडा नम्बर १८ का एकजना, वडा नम्बर १७ का एकजना र वडा नम्बर २ का एकजना तथा शुक्लाफाँटा नगरपालिका ७ का एकजना रहेका छन्। यसरी कञ्चनपुरमा दिन प्रती दिन संक्रमितकाे संख्या बढन थाले पछि जनता त्रसित बनेका छन् ।


