अछाममा जागिरबाट हटाए पछि आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका अस्पतालका कर्मचारीको मृत्यु

समाचार

कञ्चनपुर- अछाममा जागिरबाट हटाए पछि आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लाएर गम्भिर घाइते भएका जिल्लाको बयालपाटा अस्पतालका कर्मचारी सिदार्थ आउजीको मृत्यु भएको छ । सोमवार विहान जागिरबाट हटाएको झोकमा आफैमाथी पेट्रोल छर्केर आगो लगाउदा गम्भिर गाइते भएका आउजीको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादवले बताए ।

पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका आउजीको शरीरमा लागेको आगो अन्य कर्मचारीले निभाएका थिए । आगोमा परेर गम्भीर भएका उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको थियो । आउजी अस्पतालमा सफाइ कर्मचारीको रुपमा काम गर्दै आएका थिए ।

डेढ वर्षदेखि कार्यरत आउजीसहित ३३ जनाको अस्पतालले करार रद्द गरेको थियो । बयालपाटा अस्पतालका सिनियर पिपुल अप्रेसन अफिसर नवराज जोशीले एक वर्षको करार रहेको र करार सकिएकाले नविकरण नगरिएको बताए । उनले आर्थिक अभावले ३३ जनाको करार नथपिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *