कञ्चनपुरका ८ गरी सु.प.मा २८ जनामा कोरोना संक्रमण जम्मा ७३ पुगे

समाचार

कञ्चनपुर –सुदूरपश्चिम प्रदेशमा एकै दिन थप २८ जनामा कोरोना पुष्टी भएको छ ।

कञ्चनपुरका ८, कैलालीका १० र अछामका १० जना गरी मंगलवार सुदूरपश्चिम प्रदेशमा थप २८ जनामा कोरोना पुष्टी भएको हो ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा कचनपुरका ८, कैलालीका १० र सुर्खेतको प्रयोगशालामा गरीएको परिक्षणमा अछामका १० जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

संक्रमित हुनेमा कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, आईविआरडी स्थितको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुष रहेका  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बताए ।

त्यस्तै कैलालीको  धनगढी उप–महानगरपालिकाका ३२ बर्षीय पुरुष,टीकापुर नगरपालिकाका २०, ३५ र ६३ बर्षीय पुरुष र १८ बर्षीय युवती, गौरीगंगा नगरपालिकाका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलाली  प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

अछामको मेल्लेख गाउँपालिकाका ६ जना पुरुष, २ महिला,  चौरपाटी गाउपालीकाका एक जना र मंगलसैन नगरपालिकाका एक जना पुरुषगरी जम्मा १० जना गरी जिल्लामा संक्रमितको संख्या १३ पुगेको जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए ।

यो संगै सुदूरपश्चिमका कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *