अछाममा एम्बुलेन्स चालकसहित थप १० जनामा कोरोना संक्रमण

विशेष

कञ्चनपुर – अछाममा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । मंगलबार एकै दिन थप १० जना संक्रमित थपिएपछि अछाममा संक्रमितको संख्या १३ पुगेको हो ।

नयाँ थपिएका संक्रमितमध्ये चौरपाटी गाउपालीकाका एक, मेल्लेक गाउँपालीकाका आठजना र स्वाथ्य कार्यालय अछामका कर्मचरी( एम्बुलेन्स चालक) गरी जम्मा १० जनामा कोरोना भाइरस पुष्ठि भएको जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए ।

एम्बुलेन्स चालकबाहेक अन्य सबै जना केही दिन अगाडि मात्रै भारतबाट आएका बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *