बाँके दुर्घटना : ज्यान गुमाउनेको संख्या १२ पुग्यो ,२१ घाइते

विशेष

बाँके – बाँकेकोराप्ती सोनारीमा मिनिबस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ भने २१ जना घाइते भएका छन् । दुर्घटनामा ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

भारतबाट आएका नेपालीलाई लिएर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को मिनिबस आइतबार राति राप्ती सोनारी-२ मा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको पनि उहाँले जानकारी दिनुभयो ।

१२ जनाकै शव भेरी अस्पतालमा राखिएको र परिचय संकलन गर्ने काम भइरहेको प्रजिअ कुरुम्वाङ्गले जानकारी दिनुभयो । घाइतेको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *