नेपालमा संक्रमितको संख्या १ हजार ५६७, थप १६६ जनामा कोरोना संक्रमण

समाचार

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या पुगेको १ हजार ५६७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५६७ पुगेको जनाए । मृतकको संख्या भने ८ पुगेको छ । २२० जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *