कञ्चनपुरस्थित पश्चिमी सीमा नाका गड्डाचौकीबाट आइतवार तीन हजार भन्दा बढि मानिस भित्रिएका छन् । गड्डाचौकी नाकाबाट आइतावार तीन हजार ५८ जना भित्रिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
लकडाउनका कारण भारतमा अलपत्र परेकाहरुलाई स्वदेश फर्काउनका लागि बिहान ६ बजेदेखि १० बजेसम्म नाका खोल्ने गरिएको छ । प्रशासनका अनुसार आइतवार १०७ जनालाई भारततर्फ पठाइएको छ । नाका प्रवेश पाएकाहरुलाई सम्बन्धित ठाउँ पठाइएको छ ।

