बेलडाँडीमा रहेका दुई बोडिङ्ग स्कुलमा समेत क्वारेन्टीन,स्कुल सामाजिक कार्यमा सक्रिय

समाचार

रमेश प्रसाद भट्ट/ कञ्चनपुर –  बेलडाँडीमा रहेका दुई बोडिङ्ग स्कुलले क्वारेन्टीन निर्माणका लागि गाउपालिकालाई उपलब्ध गराएका छन् । अन्य बोडिङ्ग स्कुलमा विद्यार्थी भर्नाको कुरा चलिरहेका बेला बेलडाँडीमा रहेका गुरुकुल र बेलडाँडी -३ खैरिघाटमा रहेका वईस्ट पोईन्ट बोडिङ्ग स्कुलले भने कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि भन्दै आफ्नो विद्यालय क्वारेन्टीन निर्माणका लागि गाउपालिकालाई उपलब्ध गराउदै सामाजिक कार्यमा सक्रिय भएका हुन ।

बेलडाँडी गाउपालिका वडा नम्बर २ मा रहेको गुरुकुल बोडिङ्ग स्कुलले बेलडाँडीमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सबै भन्दा पहिला २०७६ चैत्र ७/८ गतेतिर गाउपालिका स्तरमा हात धुने र कोरोनाबाट बच्ने अभियानको शुरुवात गदै सामाजिक कार्यमा अगाडि बढेको र अहिले पनि गाउपालिकालाई सहयोगका लागि विद्यालयमा क्वारेन्टीन निर्माण गरीएको विद्यालयका प्रिन्सीपल तथा युवा समाजसेवी सचिन कठायतले जानकारी दिनु भयो ।

उहाँका अनुसार गा.पा.का हरेका कार्य जस्तै– राहात वितरण कार्यमा पनि दैनिक ज्यालादारी गरी खाने तथा गरीब वर्गको नाम उपलब्ध गराउदै सहयोग गरेको, गुरुकुल बोडिङ्ग स्कलबाट नगद रु ५ हजार सहयोग, उचित व्यवस्थापन सहितको क्वारेन्टीन निर्माण गर्न समन्वयकारी भुमिका, उहाँको सम्पर्कमा भारतमा अलपत्र रहेका करिब एक सय भन्दा बढीलाई उद्धार गर्न स्थानियतह संग समन्वय गरी सहयोग, सबै जसो क्वारेन्टीनको व्यवस्थापनका लागि सहि सल्लाहा सुझाव दिएर गाउपालिकालाई सहयोग गदै आएको कञ्चनपुर खबरको कुराकानीमा बताए ।

यस्तै विद्यालयका प्रिन्सीपल तथा युवा समाजसेवी कठायतका अनुसार गाउपालिकाको हरेक कार्यमा आफुहरुले रचनात्मक सहयोग गदै आएको र आगामी दिनमा समेत सहयोग गदै जाने बताए । अहिले दुवै स्कुलमा १३/१३ जना बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *