कञ्चनपुरको दक्षिणी क्षेत्रमा विडी तस्करी बढदै, फेरी अबैध विडी सहित तस्कर पक्राउ

समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर – कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा पछिल्लो समय अबैध विडी तस्कर गर्ने समुह सक्रिय भए पछि तस्करी बढदै गएको पाईएको छ । जिप सहित करिब ४० हजार मुल्य बराबरको अबैध विडी बरामद् भएको एक हप्ता नविदै फेरी बेलडाँडी प्रहरीले मंगलबार राति मोटरसाईकल चालक (तस्कर) सहित अबैध विडी तस्कर गदै गरेको अवस्थामा बेलडाँडी प्रहरीले पक्राउ गरेको हो ।

बेलडाँडी गाउपालिका वडा नम्बर १ र बेलौरी नगरपालिका वडा नम्बर ९ को सिमानामा से ३ प ९७२६ नम्बरको मोटरसाईलमा राति करिब ११ बजे तिर २९ हजार मुल्य बराबर पर्ने अबैध विडी तस्कर गदै गरेको अवस्थामा मोटरसाईकल चालक(तस्कर) कृष्णपुर नगरपालिका घर भएका सोमेन्द्र कार्कीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरिक्षक रोजेन्द्र बहादुर सिंहले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो । उहाँका अनुसार घटनाको थप अनुसन्धान भईरहेको समेत बताएका छन् ।

अहिले कोरोना भाईरस अर्थात (कोभिड -१९) को सामना गर्न नेपाल पनि लक डाउन परिस्थितिको अवस्थामा रहेका बेला तस्करहरुले दक्षिणि भेगका सिमावर्ती क्षेत्रहरुमा यसरी तस्करी गर्ने गरेको पाईएको हो । यस विषम परिस्थितिका बेलामा पनी खुला सिमानाकाहरुबाट किराना, हार्डवेर, सुर्तीजन्य पदार्थ, ईलोक्ट्रोनिक्स लगायतको तस्करी हुने गरेकोे पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *