डिल्लीराज पन्त/कञ्चनपुर- पश्चिमी सीमानाका गड्डाचौकीबाट सोमबारबाट स्थानीय प्रशासनले भारतबाट घर फर्किएका नेपालीलाई प्रवेश खुला गरेको छ । छिमेकी मुलुक भारतबाट कोरोना भाइरसको त्रासका कारण घर फर्किने नेपाली लुकिछिपी जथाभावी भित्रिन थालेपछि स्थानीय प्रशासनले सोमबारबाट गड्डाचौकीबाट प्रवेश खुला गरेको हो । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले विभिन्न सीमा नाकाबाट नेपालीहरू भित्रिँदा कोरोना जोखिम बढेको भन्दै गड्डाचौकी नाकाबाट व्यवस्थित ढंगले भारतबाट आउने नेपालीलाई भित्र्याउने निर्णय गरेको थियो ।
नाका खुला भए संगै भारतिय सिमावर्ति क्षेत्रमा अलपत्र परेका नेपालीहरु आफुहरुलाई नेपाल भित्रिन कञ्चनपुर प्रशासनले सहज गरीदिएका पछिल्लो समय लकडाउनमा परेका हजारौ नेपालीहरु भारतका विभिन्न शहरमा अलपत्रपरेपछि उनीहरु नेपाल फर्कन अवैधानीक वाटो प्रयोग गर्दे आउने क्रम रोकिएको थिएन । अवैधनाका प्रयोग गरेर नेपाल भित्रिदा कोरोना संक्रमणको जोखीम बढ्ने देखिएपछि सिमामा पुगेका नेपालीहरुलाई सुरक्षित तरिकाले सम्वन्धित स्थानिय तहमा पठाईने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनी ले बताएका छन ।
सिमानाका स्थानीय प्रशासनले गड्डाचौकी नाका भएर भित्रिने नेपालीलाई सम्बन्धित जिल्लासँगको समन्वयमा सवारीसाधनको व्यवस्था गरेर पठाउने तयारी गरेको छ ।
नेपाली सेनाको स्वास्थ्य टोलीले सवै भित्रिएका हरुको स्वास्थ्य परीक्षणका गर्ने र साथै उनीहरुको विस्तृत विवरण संकलन गरी
स्थायी ठेगाना रहेको स्थानमा क्वारेन्टाइनमा राखिने निर्णय गरेर सोमबारबाट गड्डाचौकीबाट नेपालीलाई भित्रिन दिइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताएका छन ।
यसअघि भारतबाट आएका नेपालीहरूलाई प्रवेश निषेध गरेपछि कैयौं नागरिक सीमामा अलपत्र परेका थिए भने केही मानिस लुकिछिपी अन्य नाका भएर भित्रिरहेका थिए । स्थानीय प्रशासनले नाका खुला गरेपछि साझ सम्म २ हजार वढि नेपाली कञ्चनपुर प्रवेश गर्ने आंकलन गरीएकाे छ ।

