बेलडाँडीका युवा समाजसेवीद्धारा स्वास्थ्यकर्मी र पत्रकारलाई स्वास्थ्य सामाग्री

समाचार

रमेश प्रसाद भट्ट/बेलडाँडी– बेलडाँडीका युवा समाजसेवीले बेलडाँडी गाउपालिका अन्तरगतका स्वास्थ्यकर्मी र पत्रकारलार्ई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । आईतवार बेलडाँडी गाउपालिका स्वास्थ्य शाखा मार्फत स्वास्थ्य सामाग्री प्रदान गरीएको हो ।

१९ थान N95 माक्स, ५ लिटर सेनिटाईजर जस मध्ये प्रत्येक वडामा १/१ लिटर सेनीटाईजर, १६ जना स्वास्थ्यकर्मी ,३ जना पत्रकारलाई N95 माक्स प्रदान गरिएको युवा समाजसेवी  सचिन कठायतले कञ्चनपुर खबरलाई जनकारी दिनु यो ।

उहाँका अनुसार धर्म राज जोशी, सचिन कठायत, कुलै राज उपाध्याय, गोकर्ण जोशी र प्रयाग जोशी गरी ५  जना युवा समाजसेवीहरुले आफ्नै खर्चबाट अहिलेको विषम परिस्थितिको घडिमा कोरोना भाईरसबाट बच्न र सावधानी रहन थोरै भए पनी सघाउ पुगोस भनेर उक्त समाग्री प्रदान गरीएको अर्का युवा समाजसेवी कुलै राज उपाध्यायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *