कञ्चनपुर – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरमा फेरी लकडाउन कडा पारिने भएको छ । झण्डै एक महिना सुदूरपश्चिममा कोरोना संक्रमण शुन्य भए पछि केही खुकुलो पारिएको लकडाउन दिन प्रतिदिन संक्रमित बढ्न थाले पछि सोमवारदेखि लागु हुने गरी बन्दाबन्दीमा कडाइ गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतवार एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम अत्याधिक मात्रामा बढ्दै गएकाले अत्यावश्यक औषधी उपचार बाहेक अनावश्यक घर बाहिर निस्किन प्रतिबन्ध गरेको छ ।
अत्यावश्यक औषधी उपचार बाहेक तरकारी बजार, फलफूल, खाद्यान्न पसल, बैंक तथा सम्पूर्ण व्यापार व्यवसाय अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नुरहरी खतिवडाले बताए ।
‘भारतबाट आउनेको मानिसको संख्या धेरै भयो, यसलाई व्यवस्थापन गर्न सकिएन, जसले संक्रमण जोखिम बढाएकाले लकडाउनमा कडाई गरिएको छ ।’ उहाले भने ।


