रमेश प्रसाद भट्ट/बेलडाँडी- ईलाका प्रहरी कार्यालय बेलडाँडीले जिप सहित अबैध विडी बरामद गरेको छ । लक डाउनको मौका छोपि जिपमा ओसार गर्न लागेको अवस्थामा बेलडाँडी गाउपालिका वडा नम्बर –२ बाट अबैध विडी बरामद् गरेको हो ।
विशेष सुराकिको आधारमा शनिबार विहान करिब १० बजेतिर गस्तीमा खटिएको प्रहरीले म १ च २५५ नम्बरको जिप सहित दुई बोरामा करिब ४० हजार मुल्य बराबर पर्ने अबैध विडी बरामद् गरेको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंहले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।
प्रहरी निरिक्षक सिंहका अनुसार अहिले सम्म जिप समेत नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेका छौ, उनले भने लक डाउनलाई थप कडाई गर्न सबै क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको बताउनु भयो । यसरी लडक लाउनको मौका छोपि अवाञ्छित क्रियाकलाप हुन नदिन प्रहरी गस्ती समेत बढाएको उहाँले बताए ।
यसरी पछिल्लो समयमा सिमावर्ती क्षेत्रमा लुकि छिपि तस्करी समेत हुने गरेको पाईएको छ ।

