वीरगन्ज — नारायणी अस्पताल वीरगन्जको आइसोलेसन वार्डबाट फरार भएका दुईमध्ये एकजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी उपरिक्षक गंगा पन्तका अनुसार उनलाई तिलावे खोला नजिकैबाट पक्राउ गरिएको हो । अर्का फरार पनि छिट्टै निन्त्रणमा आउने उनले बताइन् ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा शौचालयको भेन्टिलेसन भाँचेर दुईजना भागेका थिए । फरार भएका दुबैजनामा मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो । अस्पताल स्रोतका अनुसार अस्पतालको सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डको शौचालयबाट दुबै संक्रमित फरार भएका हुन् । मंगलबार एकै दिन पर्सामा ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

