वीरगञ्‍जस्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित भागे

मुख्य खवर

पर्सा-  वीरगञ्‍जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुईजना कोरोना भाइरस संक्रमित भागेका छन्। बुधबार अपरान्ह दुईजना संक्रमित भागेपछि खैलाबैला भएको छ। दुईजना कोरोना संक्रमित भागेपछि अहिले जिल्ला प्रहरी कार्यायलयबाट एसपी गंगा पन्तसहितको टोली अस्पतालमा पुगेको छ।

‘मैले पनि दुईजना संक्रमित भागेको खबर पाएँ’, उनले भनिन्, ‘म अस्पताल पुगिसकेकी छु, विस्तृत विवरण बुझ्दैछु। हामी तत्काल खोजतलासमा लाग्छौं।’ भागेका दुवैजना मंगलबार दिउँसो भेटिएका ३९ संक्रमितमध्ये हुन्। मंगलबार दिउँसो पर्सामा ३९ र बारामा एकजना संक्रमित भेटिएका थिए।  मंगलबार पर्सामा भेटिएका ३९ संक्रमितमध्ये छपकैया क्षेत्रसहित वीरगन्ज महानगरपालिकाका विभिन्‍न वडाका हुन्।

त्यस्तै छिपहरमाई गाउँपालिकामा पनि संक्रमित भेटिएका थिए। पहिले महानगरको वडा नम्बर १, २, ३ को छपकैया एरियामा मात्र संक्रमित फेला परेका थिए। तर मंगलबारबाट संक्रमित हुने व्यक्तिहरु महानगरबाहिर पनि भेटिएका थिए।  मंगलबार दिउँसो संक्रमण पुष्टि भएका ३९ जनामध्ये वीरगन्ज २, ३, ४, १६, १७ र १८ नम्बर वडाका व्यक्तिहरु थिए। तिनैमध्ये दुईजना नारायणी अस्पतालबाट भागेका हुन्।

पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। उदयपुरमा ३०, मोरङमा २, कपिलवस्तुमा ३०, बाँकेमा २५, रुपन्देहीमा १६, काठमाडौंमा ४, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा पुष्टि भएको छ।

##Thahakhabar##

Leave a Reply

Your email address will not be published. Required fields are marked *