एजेन्सी – विश्वविख्यात दार्शनिक तथा प्रसिद्ध लेखक नोम चम्स्कीले अमेरिकामा कोरोनाका कारण अत्यधिक मानिसले ज्यान गुमाउनुको मुख्य कारण त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्प भएको आरोप लगाएका छन्। कोरोना महामारीलाई ट्रम्पले चुनाव जित्ने सम्भावनको प्रयोग गरेको पनि चम्स्कीले आरोप लगाएका छन्।
देशका धनी तथा कर्पोरेट क्षेत्रका मानिसको सहयोगमा ट्रम्पले संक्रमित स्वास्थ्य सुविधा तथा कोरोना कोषको रकम गरेको उनले बताएका छन्। अमेरिकामा हालसम्म ८० हजार बढी मानिसले ज्यान गुमाइसकेका छन्।
द गार्जियनसँगको अन्तर्वार्ता क्रममा चम्स्कीले भने, ‘ट्रम्प औसत अमेरिकीको पिठ्युँमा छुरा घोपिरहेका छन्, उनी देशको रक्षक बन्ने देखावटी प्रयास गरिरेहका छन्।’ ट्रम्पले आफ्नो कार्यकालमा हरेक साल फन्डमा कटौती गरिरहेका उनको बताएका छन्।
‘अहिले त उनले (ट्रम्प) झनै कोषमा कटौती गरेका छन्। उनको अबको योजना कोषको रकम कटौती जारी राख्ने र जनताको स्थिति जतिसक्दो दयनीय बनाउने छ,’ उनले थपे, ‘ट्रम्पले आगामी चुनावको उम्मेदवारीका लागि यिनै कर्पोरेट क्षेत्रलाई लाभ हुने गरी काम गरिरहेका छन्।’

