रमेश प्रसाद भट्ट/कञ्चनपुर- विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण हाल विश्व नै लक डाउनको परिस्थितिको सामना गरिरहेका छ । नेपाल पनी चैत्र ११ गते देखि लक डाउनको अवस्थामा रहेको छ । प्रदेशमा रहेका नेपाली दाजुभाईहरु भने स्वदेश फर्कन नपाएर भोक भोकै मरिरहेको अवस्था रहदा समेत सरकारले स्वदेश ल्याउन कुनै पनि पहल गरेको अवस्था देखिदैन ।
थुप्रै नेपालीहरु छीमेकी मुलुक भारत लगायत खाडीका देशमा भोक र शोकले छटपटाई मरिरहका समाचारहरु दिन प्रति दिन आई रहदा समेत नेपाल सरकारले यस प्रति कुनै चासो दिएको भने पाईदैन । धेरै जसो देशले परदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश लगिसकेका छन् । केहि दिन अघि मात्रै पनि भारतले नेपालमा रहेका आफ्ना नागरिकलाई स्वादेश लैजाने निर्णय समेत गरेको समाचारमा सुन्न पाईन्छ । विदेशमा रहेका नेपाली दुतावासले पनी कुनै पनि ठोस निति भने बनाएको पाईदैन ।
रोजगारीको शिलसिलामा गएका हाल भारतको बेङलोरमा रहेका कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ४ का आर पि काफ्ले भन्छन “सरकार हामीलाई भोक भोकै प्रदेशमा नमार स्वादेश आउन देऊ” भनेर सरकार संग गुहार गदै भने ‘अब त अति नै भयो काम बन्द भएको पनि दुई महिना भयो, के गरी खाने यहाँ अब त भोक र शोकले मरिन्छ होला, बरु हामी नेपालमै मर्न तयार छौ, तर प्रदेशमा मर्न चाहादैनौ’ । उनले कञ्चनपुर खबर संगको कुरा गदै भने यो समाचार सरकार संग पुरेयाई दिनु ।
उहाँका अनुसार पटक पटक नेपालमा रहेको राजनैतिक दल, पत्रकार लगायतलाई आफ्ना समस्याका बारेमा बताउदै उद्धारका लागि आवश्यक पहल गरी दिन अनुरोध समेत गरीरहेका छन् । तर सरकारले भने कुनै पनि चासो नदिदा हामी जस्तै थुप्रै नेपालीहरु समस्यामा परेको बताए । उहाँ त एक प्रतिनिधि पात्र मात्रै हुन उनी संगै बम्बैमा रहेका करिब २०० भन्दा बढी नेपालीहरु समस्यामा परेका छन् ।
त्यहाँको सरकारले उनीहरुलाई अपेक्षित गरेको पाईदा समेत भारतमा रहेको नेपाली दुतावासले पनी खासै चासो भने नदिएको पाईएको छ । यस्तै हाल मुम्बईमा रहेका बैलौरी नगरपालिका वडा नम्बर ३ का जय बहादुर बोहराले भने “दुतावासमा फोन गर्दा फोननै उठदैन अब हामी कहाँ गएर आफ्ना पिडा राख्ने ?” यसरी अब हामी के गरी बाच्ने सरकार भन्दै नेपाल सरकारको ध्यानाकर्षण गरी दिन सबै राजनैतिक दल, मानव अधिकार, सञ्चारकर्मी लगायतलाई आग्रह गरेका छन् ।
यस्तै अन्य खाडीका मुलुकमा पसिना बगाएर देशलाई रेमिटेन्सले पालिरहेका नेपालीलाई भने आफुहरुका लागि नेपाल सरकारनै नभएको अनुभुति भएको बताएका छन् । प्रदेशमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको समस्या प्रति सरकारले छिटो भन्दा छिटो सुरक्षितका साथ आवश्यक व्यवस्था मिलाई आफ्ना नागरिकलाई स्वदेश ल्याउने ठोस कदम चाल्नु पर्ने देखिएको छ ।

