दिल्लीमा खाना नपाएर धनगढीका एक जनाको मृत्यु

समाचार

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिकाका एक जना युवकको खाना नपाएर मृत्यु भएको छ । तीन दिनदेखि भोक भोकै भएका कारण उनको मृत्यु भएको  दिल्लीमा रहेका नेपाली अगुवाले बताए । धनगढीका उनको नाम रवी हो । उनको पुरा नाम र ठेगाना भने खुल्न सकेको छैन ।

दिल्लीको आजादपुरमा ट्रान्सपोर्ट सेन्टरमा राति भोकभोकै सुतेका रवि आज बिहान मृत अवस्थामा फेला परेका हुन्  । उनको मृत्युको जानकारी दिल्लीस्थित नेपाली राजदूतावासलाई गरिएको नेपाली अगुवाले बताए । दिल्लीमा आफन्त कोही छैनन । धनगढीमा उनका दाजु भाउजु बस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *