रमेश प्रसाद भट्ट/कञ्चनपुर – बेलडाँडी गाउपालिकाको विपद् व्यवस्थापन कोषमा २१ लाख भन्दा बढी रकम जम्मा भएको छ । बुधबार सम्म गाउपालिकाको विपद् व्यवस्थापन कोषमा २१ लाख १४ हजार ४ सय ९१ रुपयाँ जम्मा भएको हो ।
जसमा विभिन्न व्यक्ति तथा संघ संस्थाहरुबाट ३ लाख १४ हजार ४ सय ९१ रुपयाँ, प्रदेश सरकारबाट १३ लाख र गाउपालिकाबाट ५ लाख गरी जम्मा २१ लाख १४ हजार ४ सय ९१ रुपयाँ जम्मा भएको गाउपालिकाले जनाएको छ ।
अझ गाउपालिकाका ५ वटै वडा कार्यालयहरुले समेत विपद कोषको खातामा रकम जम्मा गर्ने क्रम रहेकाे र त्यसकाे समेत समग्र संकलित रकमकाे पूरा जानकारी दिईने गाउपालिकाका प्रशासकिय अधिकृत गणेश दत्त भट्टले बताउनु भयाे ।
यसरी गाउपालिकालाई विभिन्न क्षेत्रहरुबाट सहयोग आउने क्रम जारी रहेको गाउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो । साथै उहाँले सहयोगी सम्पुर्ण दाताहरुलाई धन्यावाद समेत प्रकट गर्नु हुँदै फेरि पनि सहयाेगकाे अपेक्षा राखेकाे बताए ।

