छिटो संसद बैठक बोलाउन कांग्रेसको माग

समाचार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक डाक्न सरकारसँग माग गरेको छ।बजेटबारे छलफल गर्न ढिला हुने भन्दै बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक डाक्न माग गरेको हो।

प्रवक्ता विश्वप्रकाश शर्माले अबिलम्ब संसद बैठक बोलाउनुपर्ने केन्द्रीय समितिले माग गरेको जानकारी दिए। ‘बजेटबारे छलफल गर्न अब समय ढिलो हुन्छ। अबिलम्ब संसद बैठक बोलाउनुपर्छ,’ उनले भने। कांग्रेसले प्रतिपक्षी भूमिकालाई थप प्रभावकारी बनाउने पनि बताएको छ। कोरोना संक्रमण संकट रोकथामका लागि सरकारले प्राथमिकता नदिएको कांग्रेसको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *