उत्तर प्रदेशमा ३० जुनसम्म भेला र सभा समारोह गर्न रोक

अन्तर्राष्ट्रिय

 काठमाडौं – भारतको उत्तर प्रदेश सरकारले ३० जुनसम्म मानिसहरुलाई भेला हुन र सभा समारोह गर्न रोक लगाएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले राजनीतिक र्‍याली र सामाजिक–सांस्कृतिक समारोहमा रोक लगाउने घोषणा गरेका हुन् । उनकाअनुसार राज्य सरकारले अरु राज्यमा रहेका मजदुरहरुलाई पनि फिर्ता ल्याउनेछ ।

उत्तर प्रदेशमा कोरोना भाइरसबाट अहिलेसम्म १६०० संक्रमित भएका छन्, जसमध्ये २५ जनाको मृत्यु भएको छ । भारतभर संक्रमितको संख्या २४ हजार नाघेको छ भने अहिलेसम्म ७७५ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *