विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार, अमेरिकामा साढे ४२ हजार भन्दा बढीको ज्यान गयो

Uncategorized

विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ। गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ५ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ। विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये अहिलेसम्म ६ लाख ४६ हजार २ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

२४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा १९ सय ३९ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ४२ हजार ५ सय १४ पुगेको छ।संक्रमितको संख्या झण्डै आठ लाख पुगेको छ। अहिलेसम्म त्यहाँ ७ लाख ९२ हजार ७ सय ५९ जना संक्रमित भएका छन्। अमेरिकामा सोमबार एकै दिन २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अमेरिकापछि अहिलेसम्म इटालीमा धेरैको मृत्यु भएको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ। त्यहाँ सोमबार ३ सय ९९ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी फ्रान्समा अहिलेसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। फ्रान्समा सोमबार ५ सय ४७ जनाले ज्यान गुमाएका छन्। युकेमा साढे १६ हजारभन्दा धेरैको मृत्यु भएको छ। त्यहाँ सोमबार ४ सय ४९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *