शुक्लाफाटा नगरपालिका को वडा नम्बर ९ मा पनि खाद्यान्न सामाग्री बितरण गरिएको छ । आईतवार श्री असिग्राम माध्यमिक बिद्यालय सिसैयामा शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ का दैनिक ज्यालादारी गरि जिबिकोपार्जन गर्ने मजदुर,बिपन्न परिवार लगायत एक सय ३० परिवार लाई पहिलो चरण मा खाद्यान्न सामाग्री बितरण गरिएको हो ।
बितरण गरिएको खाद्यान्न सामाग्रीमा प्रती परिवार ३०केजी चामल,३ केजी दाल,२ केजी नुन ,२ लिटर खाने तेल,२केजी चिनी र प्रति परिवार ४\४ पिस साबुन बितरण गरिएको वडा अध्यक्ष रमेश बहादुर ऐर ले जानकारी गराएका छन।
राहत बितरण कार्यविधि २०७६ अनुसार नै बितरण गरिएको वडा अध्यक्ष ऐरले बताए । खाद्यान्न सामाग्री बितरण गर्दा शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर लगाएत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

