उदयपुरको मस्जिदमा बसेका १२ भारतीयमा देखियो कोरोना संक्रमण, थप यकिन गर्न काठमाडौंमा परीक्षण

समाचार

मोरङ — उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ जना भारतीय र ४ जना नेपालीहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको छ ।

उनीहरुको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएपछि थप यकिन गर्न नमुनालाई काठमाडौं पठाइएको छ ।

प्रदेश १ का एक मन्त्रीले भुल्केको मस्जिदमा भेटिएका १२ जना भारतीयकै पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको र उनीहरुलाई राति नै उदयपुरबाट प्रदेश १ स्थित कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको जानकारी दिए। संक्रमितहरुलाई कोरोना विशेष अस्पतालमा ल्याउन प्रदेश सरकारले तयारी गरिसकेको छ।

उक्त अस्पतालमा चिकित्सक टोली तथा सम्पूर्ण उपकरण तयारी अवस्थामा राखिएको र कोरोना पोजिटिभ देखिएकाहरुलाई ल्याउने सम्पूर्ण तयारी भइसकेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।

यसअघि वीरगन्जको मस्जिदमा बसेका तीनजना धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि उक्त मस्जिदमा पनि अनुगमन गर्ने क्रममा १२ भारतीयको परिचयपत्र रहेको र अन्य ४ जना नेपाली रहेको पाइएको थियो। उनीहरूले मस्जिदमा सामाजिक दूरी कायम गरेको बताए पनि स्थानीयले घुलमिल गरिरहेको दाबी गरेका थिए।

स्थानीयले नै मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलाई सूचना दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *