अमेरिकामा कोरोनाका कारण थप चारजना नेपाली भाषीको निधन

अन्तर्राष्ट्रिय

बोस्टन :  अमेरिकामा कोरोना भाइरस (कोभिड(१९) का कारण चारजना नेपाली भाषीको निधन भएकाे छ। बिहिबार बिहान न्युयोर्कमा  ७० वर्षका महेश अमात्यको जमाइका अस्पतालमा निधन भएको हो। त्यस्तै अमेरिकाको कोलोराडो एक, न्युयोर्कमा एक महिला र आयोवामा एक पुरूष गरी तीन नेपाली- भाषी भूटानी शरणार्थीको कोभिड– १९ बाट निधन भएको छ।

कोलोराडोमा निधन हुने महिलाको परिचय खुलाइएको छैन।  न्युयोर्कमा निधन हुने इन्द्र भुजेल हुन् भने आयोवामा निधन हुने बीरमान सुब्बा हुन्।  सत्तरी वर्षका सुब्बा भूटानको टेन्डुमा जन्मेका हुन्।  उनी नेपालको टिमाई शिविरमा बसेका थिए भने सन् २०१६ देखि आयोवाको सेडार  र्‍यापिड्समा बस्दै आएका थिए।

यसअघि कोभिड–१९ का कारण अजय छोचुन, थोक्मे बिष्ट, सोनाम लामा, निमा टेम्बा शेर्पा, पवनकुमार मल्ललगायतको निधन भइसकेको छ।  नेपाली मूलका मानिसको बाक्लो बसोबास भएका क्विन्स र ज्याक्सन हाइट्समा कोभिड–१९ को संक्रमण धेरै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *