मन्त्री मगरले वितरण गरेको चामल गुणस्तर भएको पुष्टि

समाचार

रमेश प्रसाद भट्ट/बेलडाँडी – खानेपानी मन्त्री बिना मगरले राहतमा दिएको चामल गुणस्तरीय र नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप भएको पुष्टि भएको छ । बुधबार क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले विश्लेषण प्रतिवेदन जारी गरि सो कुराको पुष्टि गरेको हो ।

बेलडाँडी गाउँपालिकाले परिक्षणका लागि पठाएको नमुनाको आधारमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले प्रगोगशालामा विश्लेषण गरिएको प्यारामिटरको आधारमा नेपाल सरकारले तोकेको मापदण्ड अनरुप खान योग्य भएको जनाएको छ । गत बैशाख १ गते खानेपानी मन्त्री बिना मगरले कञ्चनपुर क्षेत्रनम्बर १ मा पर्ने पुनर्वास, बेलौरी, लालझाडी र बेल्डाँडीलाई पच्चीस /पच्चीस क्विन्टलका दरले चामल वितरण गरीएको थियो । सो चामल लकडाउनका कारण समस्यामा परेका अति विपन्न वर्गलाई बाँडन राहत स्वरुप दिईएको हो ।

यसरी बदनाम गर्ने तरिकाबाट हल्ला मात्र भएको खानेपानी मन्त्री मगरले बताउनु भयो । यस्तो सषम परिस्थितिमा सके सहयोग गर्नुहो नसके गलत प्रचार नगर्न उहाले सबैमा आग्रह समेत गर्नु भएको छ ।

तर मंगलबार केही व्यक्तिहरुले सामाजिक संजाल मार्फत चामल गुणस्तरहीन भएको भन्दै हल्ला चलाए पछि चामलको गुणस्तर टेस्ट गर्न चामलको नमूना क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीमा लगीएको थियोे । जहाँ चामल गुणस्तरीय र नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप भएको प्रमाणित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *