डडेल्धुरा अस्पतालबाट भागेका दुवै जनाको कोरोना रिपोर्ट आयो

समाचार

डडेल्धुरा- डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डबाट भागेका दुई जनाको कोरोना भाइरस परीक्षणको रिपोर्ट आएको छ। काठमाडौंमा गरिएको परीक्षणमा दुवैको कोरोनाको रिपोर्ट नेगेटिभ आएको पुष्टि भएको  अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

कोरोना भाइरसको आशंकामा दुवैजनालाई डडेल्धुरा अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो। शनिबार दिउँसो उनीहरु अस्पतालबाट भागेका थिए।

उनीहरु भागेश्वर गाउँपालिका– ३ नानीगाडका व्यक्ति हुन् । दुवैको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ। अस्पतालका अनुसार उनीहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको भएपनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *